बाएनाको दुई गोलमा एट्लेटिकोको शानदार जित

काठमाडौं। एलेक्स बाएनाको दुई गोलप्रेरित प्रदर्शनमा एट्लेटिको मड्रिडले स्पेनिस ला लिगामा सेभियालाई ३–१ गोलले पराजित गरेको छ।

एट्लेटिकोको जितमा बाएनाले खेलको चौथो र ३३औँ मिनेटमा गोल गरे। अडेमोला लुकम्यानले २६औँ मिनेटमा गोल थपेपछि एट्लेटिकोले पहिलो हाफमै ३–० को बलियो अग्रता बनाएको थियो।

दोस्रो हाफमा सेभियाका मिगुएल सिएराले ६६औँ मिनेटमा गोल गर्दै अन्तर घटाए पनि घरेलु टोलीले थप गोल गर्न नसक्दा एट्लेटिको ३–१ ले विजयी भयो।

यो जितसँगै एट्लेटिकोले तीन खेलबाट ७ अंक जोडेको छ र ला लिगाको शीर्ष स्थानमा पुगेको छ। सेभियाको भने तीन खेलबाट ६ अंक रहेको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको