बार्सिलोनाको शानदार पुनरागमन, रायोमाथि ५–२ को जित

काठमाडाैं। स्पेनिस ला लिगाको तेस्रो चरणमा बार्सिलोनाले रायो भाल्येकानोलाई ५–२ गोलले पराजित गर्दै लगातार तेस्रो जित निकालेको छ। यो जितसँगै बार्सिलोना ९ अंकसहित गोल अन्तरका आधारमा शीर्ष स्थानमा उक्लिएको छ।

घरेलु मैदान स्पोटिफाइ क्याम्प नोउमा भएको खेलमा रायोले १२औँ मिनेटमा सर्जियो कामेयोको गोलमार्फत अग्रता लिएको थियो। तर बार्सिलोनाले त्यसपछि उत्कृष्ट पुनरागमन गर्‍यो।

१९औँ मिनेटमा राफिन्हाले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए। त्यसको दुई मिनेटपछि २१औँ मिनेटमा लामिन यामालले गोल गर्दै बार्सिलोनालाई २–१ को अग्रता दिलाए।

दोस्रो हाफमा रायोका फ्लोरियन लेज्युनले ५१औँ मिनेटमा आफ्नै पोस्टमा गोल गरेपछि बार्सिलोनाको अग्रता ३–१ भयो। तर ५९औँ मिनेटमा कामेयोले व्यक्तिगत दोस्रो गोल गर्दै रायोलाई खेलमा फर्काउने प्रयास गरे।

बार्सिलोनाका लागि ७१औँ मिनेटमा राफिन्हाले दोस्रो गोल गरे भने ९०औँ मिनेटमा लामिन यामालले पनि दोस्रो गोल थपेपछि बार्सिलोनाले ५–२ को शानदार जित पक्का गर्‍यो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको