नेपाली ‘ए’ले अस्ट्रेलियामा तीन एकदिवसीय खेल खेल्ने

काठमाडौं। नेपाली क्रिकेट टोलीको ‘ए’ टोलीले अस्ट्रेलिया भ्रमणका क्रममा तीन वटा एकदिवसीय खेल खेल्ने भएको छ।

नेपाल ‘ए’ले पहिलो खेल सेप्टेम्बर २ मा तास्मानियासँग खेल्नेछ। त्यसपछि सेप्टेम्बर ४ मा दक्षिण अस्ट्रेलियासँग दोस्रो खेल खेल्नेछ।

नेपाली टोलीले भ्रमणको तेस्रो तथा अन्तिम खेल सेप्टेम्बर ६ मा न्युजिल्यान्ड ‘ए’सँग खेल्नेछ। तीनै खेल अस्ट्रेलियामा हुनेछन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको