काठमाडौं। नेपाल भलिबल लिग ९एनभीएल० मा सगरमाथा स्म्यासर्सले शुक्रबार विजयी सुरुआत गरेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको उद्घाटन खेलमा सगरमाथाले मधेश वारियर्सलाई ३–१ को सेटमा पराजित गरेको हो।
सगरमाथाले २५–२१, २५–२१, २३–२५ र २५–२१ को सेटमा पराजित ग¥यो। सगरमाथाका अइमल खान ‘म्यान अफ द म्याच’ घोषित हुँदै २० हजार नगद पुरस्कार पाए। उनले उक्त रकम बाढी पीडितको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने घोषणा गरे।
नेपाल भलिबल संघको सहयोगमा केडिया ग्रुपद्वारा आयोजित प्रतियोगितामा ६ पुरुष टिम सहभागी छन्। सहभागी टिमले पहिले सिंगल राउन्ड रोविन लिगका आधारमा खेल्ने छन्। लिगमा शीर्ष स्थानमा रहने टोली फाइनलमा प्रवेश गर्ने छ। शीर्ष दुई र तेस्रो स्थानमा रहने टोलीले फाइनल प्रवेशका लागि प्लेअफ खेल्ने छन्।
नेपाल भलिबल लिगको कुल पुरस्कार राशी ३२ लाख रुपैयाँ रहेको छ। विजेताले २० लाख नगद पुरस्कार प्राप्त गर्ने छ।