इन्डोर सुपर लिगकाे ट्रफी अनावरण

काठमाडौँ। गोल्फुटारस्थित भेलोसिटी एरेनामा आगामी भदौ २२ देखि २८ गतेसम्म इन्डोर सुपर लिग सिजन २ आयोजना हुने भएको छ।

इन्डोर क्रिकेट खेललाई मध्यनजर गर्दै नेपालकै सबैभन्दा ठुलो र पहिलो फ्रेन्चाइज इन्डोर क्रिकेटको यो दोस्रो संस्करण आयोजना गर्न लागिएको हो।

प्रतियोगिताको पूर्वसन्ध्यामा आयोजित एक विशेष पत्रकार सम्मेलनका बिच आयोजकले प्रतियोगिताको आधिकारिक ट्रफी सार्वजनिक गरेको छ। उक्त ट्रफीको अनावरण नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल, प्रतियोगिताका निर्देशक ज्योति भण्डारी र प्राविधिक निर्देशक रवीन्द्र गुप्तले अनावरण गरे।

कुल ४५ लाख रुपैयाँको अनुमानित लागतमा सम्पन्न हुन लागेको यस प्रतियोगितामा मिक्स्म्याण्डु, विराटनगर बटालियन, काठमाडौँ कैलाश, जनकपुर किङ्स, बुटवल एम्पायर्स, ललितपुर अलस्टार्ज, सुदूरपश्चिम टाइगर्स, लुम्बिनी योर्कर्स, माया हेटौँडा रोयल्स र पोखरा वारियर्स गरी १० वटा टोलीले प्रतिस्पर्धा गर्दै छन्।

प्रतियोगिताको विजेता टोलीले नगद ५ लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले २ लाख रुपैयाँ पाउनेछ। यसका साथै विधागततर्फ सर्वोत्कृष्ट खेलाडीलाई ३० हजार, उत्कृष्ट ब्याटरलाई १५ हजार, उत्कृष्ट बलरलाई १५ हजार, उदीयमान खेलाडीलाई १० हजार रुपैयाँ पाउनेछन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको