काठमाडौं। अन्नपूर्ण स्पाइकर किङ्सले नेपाल भलिबल लिग ९एनभीएल० मा बुधबार जित हात पारेको छ। ४ खेलमा अन्नपूर्णको तेस्रो जित हो।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा अन्नपूर्णले खप्तड फाल्कन्सलाई २५–१५, २५–१५ र २९–२७ को सोझो सेटमा पराजित ग¥यो। अन्नपूर्णका एन्ख–एर्डेन जार्गाल्ट्सगोट ‘म्यान अफ द म्याच’ घोषित भए।
पहिलो खेलमा कर्णाली शिवराजसँग ३–१ ले पराजित अन्नपूर्णले लगातार जित हासिल गर्दै आएको छ। अन्नपूर्णले काठमाडौं रेड्सलाई ३–० तथा मधेश वारियर्सलाई ३–१ ले हराएको थियो। खप्तडको भने ४ खेलमा यो लगातार हार हो। हारसँगै खप्त प्रतियोगिताबाट बाहिरिएको छ। खप्तड पहिलो खेलमा सगरमाथा स्म्यासर्स, दोश्रोमा कर्णाली र तेश्रोमा मधेशसंग समान ३–० को सोझो सेटमा चुकेको थियो।
प्रतियोगिताअन्तर्गत बुधबार दोस्रो खेलमा काठमाडौं रेड्सले कर्णाली शिवराजलाई ३–१ को सेटमा पराजित गरेको छ। यो हारसँगै अपराजित कर्णालीको यात्रामा ब्रेक लागेको छ।