अन्नपूर्ण र कर्णाली उपाधिका लागि भिड्ने

काठमाडाैं। कर्णाली शिवराज एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) मा फाइनलमा प्रवेश गरेको। कर्णालीले उपाधिका लागि शनिबार अन्नपूर्ण स्पाइकर किङ्ससंग खेल्ने छ। अन्नपूर्ण बिहिबारै लिगको शीर्ष स्थानमा रहँदै सोझै फाइनलमा पुगेको हो। अन्नपूर्णले १२ अंकसाथ लिगको शीर्ष स्थान ओगटेको थियो।

६ टिम सहभागी लिगमा शीर्ष स्थानमा रहने टोली सीधै फाइनलमा पुग्ने प्रावधान छ। त्यस्तै, लिगमा दोस्राे र तेस्राे स्थानमा रहने टोलीले फाइनल पुग्नलाई प्लेफ खेल्नु पर्ने थियो।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको त्यही प्लेअफमा कर्णालीले काठमाडौं रेड्सलाई ३–१ को सेटमा पराजित गर्दै फाइनलमा स्थान सुरक्षित ग¥यो। कर्णाली २५–२१, २०–२५, २५–२३ र २५–२२ ले विजयी भयो। कर्णालीका अलिरेजा अबालुच ‘प्लेयर अफ द म्याच’ घोषित भए। लिगमा कर्णाली ११ अंक तथा काठमाडौं १० अंकसाथ प्लेअफमा पुगेका थिए।

नेपाल भलिबल संघको सहयोगमा केडिया ग्रुपद्वारा आयोजित प्रतियोगितामा ६ पुरुष टिम सहभागी छन्। नेपाल भलिबल लिगको कुल पुरस्कार राशी ३२ लाख रुपैयाँ रहेको छ। यो पुरस्कार नेपाली भलिबलकै इतिहासमा हालसम्मकै सर्वाधिक हो। विजेताले २० लाख नगद पुरस्कार प्राप्त गर्ने छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको