काठमाडाैं। नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी सदस्य मनिषा उपाध्यायलाई देवी स्मृति क्रिकेट कपको तर्फबाट ६० हजार रुपैयाँ बराबरको क्रिकेट सामग्री प्रदान गर्दै सम्मान गरिएको छ।
नेपाली क्रिकेटमा मनषाले पु¥याएको योगदान, निरन्तर मेहनत र उत्कृष्ट प्रदर्शनको सम्मानस्वरूप उक्त क्रिकेट किट प्रदान गरिएको हो। क्रिकेटप्रतिको उनको समर्पण र आगामी दिनमा अझ उच्च सफलता हासिल गर्ने यात्रालाई प्रोत्साहन गर्ने उद्देश्यले सामाग्री प्रदान गरिएको आयोजकले जनाएको छ।
मनीषा उपाध्यायलाई स्व.रमा देवी स्मृति क्रिकेट कपका प्रतियोगिता निर्देशक राज क्षेत्रीले क्रिकेट सामग्री हस्तान्तरण गर्दै सम्मान गरेका हुन्। क्षेत्रीले नेपाली क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई सम्मान र प्रोत्साहन गर्नु आफ्नो जिम्मेवारी मात्र नभई नेपाली क्रिकेटको विकासमा योगदान गर्ने एउटा महत्वपूर्ण प्रयास भएको बताए।
सम्मानपछि प्रतिक्रिया दिँदै राष्ट्रिय महिला क्रिकेटर मनीषा उपाध्यायले ‘स्व. रमा देवी स्मृति क्रिकेट कप’ का आयोजकप्रति आभार व्यक्त गरेकी छन्। नेपाली क्रिकेटमा आफूले गरेको योगदानको कदर गर्दै गरिएको सम्मानले आफूलाई थप उत्साह र प्रेरणा मिलेको उनले बताइन्।