काठमाडौं। स्पेनिस ला लिगाअन्तर्गत रियल मड्रिडले भ्यालेन्सियालाई ३–० गोलले पराजित गरेको छ।
शनिबार राति सम्पन्न खेलमा रियल मड्रिडका लागि फेडेरिको भाल्भेर्देले २८औँ, अर्दा गुलरले ३६औँ र किलियन एम्बाप्पेले ७५औँ मिनेटमा गोल गरे।
भ्यालेन्सियाका जोसे गाया ७९औँ मिनेटमा रातो कार्ड ब्यहोरेपछि १० खेलाडीमा सिमित भयो।
यस जितसँगै रियल मड्रिड १२ खेलबाट ३० अंक जोड्दै शीर्ष स्थानमा कायम छ। भ्यालेन्सिया भने १२ खेलबाट ९ अंकसहित तालिकाको पुछारबाट दोस्रोमा छ।