ज्ञान संस्कार प्रिक्वाटरफाइनलमा

काठमाडाैं। ज्ञान संस्कार २०औं भ्याली पब्लिक कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा सोमबार प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ।

भंगालस्थित आयोजक भ्याली पब्लिकको कोर्टमा ज्ञान संस्कारले तेजस्वी एकेडेमीलाई ११–८ ले पराजित ग¥यो। ज्ञान संस्कारकी डिनु वज्राचार्यले ७ अंक जोडिन्।

सिनियर गल्र्समै भ्याली पब्लिक ‘ए’ ले गोल्डेनपिकलाई ५०–४० तथा केभीकेएसएसले टीआईएलाई १४–१० ले पराजित गरे। भ्याली पब्लिककी सेलिना गुरुङले १५ तथा केभीकेएसएसकी खुशी लिम्बूले ६ स्कोर गरे। सिनियर गल्र्सकै अन्य खेलमा न्युटनले सेबलाई २३–१९, डाफोडिलले वेदव्यास २१–१८ र ह्वाइटफिल्डलाई २४–२० र इबीएले भ्याली पब्लिक ‘बी’ लाई ३३–२९ ले हराए।

जुनियर ब्वाइजमा स्कोलर्स होमले काठमाडौं जेभियर्सलाई १४–१० र भद्रकालीलाई १८–१४ तथा सेबले भ्याली पब्लिकलाई ३८–३४ ले पाखा लगाए। सिनियर ब्वाइजमा रिलायन्सले जेबी स्कुललाई ४३–३८ ले पन्छायो। रिलायन्सका मुनिफले १६ स्कोर गरे।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको