काठमाडौँ । लखनउ सुपर जाइन्टले इन्डियन प्रिमियर लिग आईपीएलमा गुजरात टाइटन्सलाई पराजित गरेको छ।
बिहिवार राति भएकाे खेलमा लखनउले शीर्ष स्थानमा रहेको गुजरातलाई ३३ रनले पराजित गरेको हो।
लखनउले दिएको २३६ रनको लक्ष्य पछाएको गुजरातले २० ओभरमा ९ विकेट गुमाउँदै २०२ रन बनाएको थियो। गुजरातका लागि शाहरुख खानले सर्बाधिक ५७ रन बान्ये भने शेरफान रुदरफोर्डले ३८, कप्तान शुभमन गिलले ३५, जोस बटलरले ३३ र साई सुदर्शनले २१ रन बनाएका थिए।
यसअघि पहिला ब्याटिङ गरेको लखनउले मिचेल मार्शको ११७ रनको शतकीय पारी र निकोलस पुरणको ५६ रनको पारीको सहयोगले २० ओभरमा २ विकेट गुमाउदै २३५ रन बनाएको थियो।
प्लेअफको दौडबाट बाहिरिएको लखनउको यो जितपछि १३ खेलमा १२ अंक भएको छ र छैटौं स्थानमा रहेको छ। त्यस्तै हारका बाबजुत गुजरात १३ खेलमा १८ अंकसहित शीर्ष स्थानमा छ।