लुम्बिनी लायन्सद्वारा रोहितसहित ६ खेलाडीलाई रिटेन

काठमाडौं। लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ का लागि ६ प्रमुख खेलाडीहरूलाई रिटेन (टिममा कायम) गर्ने निर्णय गरेको छ।

टिमले यी खेलाडीहरूसँग मिलेर आगामी सिजनमा थप मजबुत प्रदर्शन गर्ने लक्ष्य लिएको छ।

लुम्बिनीले मार्की खेलाडी रोहितकुमार पौडेलसहित विवेक यादव, सन्दीप जोरा, दिनेश अधिकारी, तिलक राज भण्डारी र अभिषेष गौतमलाई टिममा राखेको छ।

यस्तै, सूर्य तामाङ, अर्जुन साउद, दुर्गेश गुप्ता, आशुतोष घिरैयाँ, बिकाश अग्रि र आरिफ खानलाई रिलिज गरिएको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको