लाओसविरुद्ध अनिता र साम्बाकाे गाेल, नेपाल २-० ले अघि


काठमाडौं। एसिया कप छनोट अन्तर्गतको आफ्नो पहिलो खेलमा नेपालले लाओसविरुद्ध २-० को अग्रता बनाएको छ।

उज्वेकिस्तानमा जारी खेलको पहिलो हाफ सकिँदा नेपालले २ गोलको अग्रता बनाएको हो।

नेपालका लागि अनिता बस्नेत र कप्तान सावित्रा भण्डारीले गोल गरिन्।

अनिताले खेलको १२औं तथा सावित्राले ४४औं मिनेटमा गोल गर्दै पहिलो हाफभरि नेपाललाई २ गोलको अग्रता दिलाएकी हुन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको