मेस्सीको दुई गोलमा मियामी विजयी


काठमाडौँ। कप्तान लियोनल मेस्सीको २ गोलसँगै इन्टर मियामीले मेजर लिग सकर (एमएलएस) मा जित हासिल गरेको छ।

आइतबार बिहान सम्पन्न खेलमा मियामीले नेसभिललाई २-१ गोल पराजित गरेको हो।

मियामीको जितमा दुबै गा्ेल मेस्सीले गर्दै कीर्तिमानी बनाएका छन्। मेस्सी एमएलएस इतिहासमा लगातार ५ खेलमा समान २ गोल गर्ने पहिलो खेलाडी बने।

उनी यसअघि न्यु इङ्गल्याण्ड रिभोलुसनविरुद्ध लगातार ४ खेलमा २ गोल गर्ने एमएलएस इतिहासमा पहिलो खेलाडी बनेका थिए।

मेस्सीले आफ्नो पछिल्लो ५ खेलमा मियामीका लागि १० गोल गरेका छन् भने तीन गोलको लागि असिस्टसमेत गरेका छन्।

यात नेसभिलका लागि हानि मुख्तारले सान्त्वना गोल गरे।

एमएलएसको इस्टर्न कन्फ्रेन्सको पाँचौं स्थानमा रहेको मियामीले १९ खेलबाट लिगमा ३८ अंक जोडेको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको