नेदरल्याण्ड्सकी डानिक मधेशमा

काठमाडाैँ। मधेश युनाइटेडले नेदरल्याण्ड्सकी डानिक आर्डेमालाई अनुबन्धन गरेको छ ।

दोस्रो संस्करणकाे एभरेष्ट महिला भलिबल लिगका लागि मधेशले आर्डेमालाई दोस्रो विदेशी खेलाडीको रुपमा घोषणा गरेको हो। यसअघि मधेश युनाईटेडले नेदरल्याण्ड्सकी आउट साईड हिटर रोमी भिनस्ट्राको नाम घोषणा गरिसकेको छ।

एभरेष्ट महिला भलिबल लिग भदौ २० देखि २८ गतेसम्म पोखरामा हुनेछ।

खेलाडी : निरुता ठगुन्ना (मार्की), आरती सुबेदी, कोपिला राणा , सरस्वती कटेल , उषा बिस्ट, बबिता
बोहोरा, बसन्ती साउद , स्नेहा ठगुन्ना
प्रशिक्षक: कोपिला उप्रेती
ब्रान्ड एम्बेसडर : नीति शाह


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको