पोखरा। एभरेस्ट महिला भलिबल लिगको ट्रफी पाेखरा निन्जाले भव्य रुपमा अनावरण गरेकाे छ।
पोखरामा नै हुन लागेको वत्सालय एभरेस्ट महिला भलिबल लिगको दोस्रो संस्करणको ट्रफी एक भव्य समारोहबीच अनावरण गरिएको हाे ।
पाेखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र पाेखरा निन्जाजकी ब्रान्ड एम्बेसडर सनिशा भट्टराईले संयुक्त रूपमा ट्रफीको अनावरणा गरेका हुन्।
उक्त कार्यक्रममा प्रमुख अतिथि मेयर आर्यलले पाेखरामा भलिबलको विकास र महिला सशक्तीकरणमा यसले उल्लेखनीय योगदान पुर्याउने विश्वास व्यक्त गरे। उनले “खेलले केवल मनोरञ्जन होइन, पहिचान, आत्मनिर्भरता र सामाजिक परिवर्तन ल्याउने समेत बताएका छन्।
कार्यक्रममा पाेखरामा रहेका विभिन्न क्षेत्रका अतिथिहरूकाे सहभागिता रहेकाे थियाे। ट्रफीलाई तालबाराही मन्दिरमा लगेर पुजा पनि गरिएकाे छ।


