काठमाडौँ। नेपाली राष्ट्रिय महिला फुटबल टिम आज भारतविरुद्ध मैत्रीपूर्ण खेल खेल्दैछ। भारतको शिलोङस्थित जवाहरलाल नेहरु रंगशालामा हुने खेल साँझ ६:१५ बजेदेखि सुरु हुनेछ।
फिफाको वरियतामा नेपाल ८९औं स्थानमा छ भने भारत ६३औं स्थानमा रहेको छ। नेपालले भारतसँग अहिलेसम्म १८ खेल खेलेको छ। जसमा नेपालले २ खेल मात्र जितेको छ भने ५ खेल बराबरी खेलेको छ। त्यस्तै ११ खेल भारतले जितेको छ।
नेपालले यसअघि खेलेको इरानविरुद्धको मैत्रीपूर्ण खेल ३-० ले हारेको थियो।