३ वर्ष ७ महिनापछि कप्तना राेहितकाे शतक

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले युएईविरुद्ध एकदिवसीय क्रिकेटमा शतक प्रहार गरेका छन्।

आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत दुबईकाे आईसीसी एकेडेमीमा घरेलु टोलीविरुद्ध भइरहेको खेलमा उनले ३ वर्ष ७ महिनापछि शतक प्रहार गरेका हुन्। उनले १२६ बलमा पाँच चाैका र एक छक्काकाे सहयाेगमा शतक प्रहार गरेका हुन्।

उनको करिअरको दोस्रो शतक हो। यसअघि उनले २५ मार्च २०२२ मा कीर्तिपुरमा भएको खेलमा पपुवा न्यू गिनीविरुद्ध १२६ रनको इनिङ्स खेलेका गिए।

त्यसको ३ वर्ष ७ महिना ५ दिनपछि उनले पुन: आफ्नो ब्याटमार्फत शतक बनाएका हुन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको