नेपाल अफगानिस्तानसँग पराजित


काठमाडाैँ। हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा नेपाल अफगानिस्तानसँग पराजित भएको छ।

हङकङको मोङ कोकस्थित मिसन रोड ग्राउन्डमा शुक्रबार भएको आफ्नो पहिलो खेलमा नेपाल अफगानिस्तानसँग १७ रनले पराजित भएको हो। जितका लागि ११३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ६ ओभरमा २ विकेट गुमाएर ९५ रन मात्र बनाउन सक्यो।

नेपालका लागि सन्दीप जोराले अर्धशतक बनाए। उनले १४ बलमा ८ छक्का र १ चौकाको सहयोगमा ५३ रन जोडे। त्यस्तै राशिद खान र मोहम्मद आदिल आलमले समान ११÷११ रन जोडे। अर्को ओपनर लोकेश बमले १० रन बनाए।

अफगानिस्तानका लागि फरमुल्ला र इजाज अहमद अहमदजाइले समान एक एक विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ५ विकेट गुमाउँदै ११२ रन बनाएको थियो। उसका लागि करिम जनितले सर्वाधिक ३५ रन बनाएका थिए। त्यस्तै फरमनुल्लाह सफी ३० रनमा अविजित रहदा गुल्बादिन नाइबले २२ रन बनाए।

नेपालका लागि रसिद खानले ह्याट्रिकसहित ४ विकेट लिए। अर्को विकेट लोकेश बमले लिए। भोलि नेपालले समूह चरणको अन्तिम खेल दक्षिण अफ्रिकासँग खेल्नेछ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको