नेपाल फाइनलमा


काठमाडाैँ। काभा महिला यु–१९ भलिबल च्याम्पियनसिपमा नेपाल फाइनलमा प्रवेश गरेकाे छ।

श्रीलंककाे काेलम्बाेमा शनिबार सम्पन्न दाेस्राे सेमिफाइनलमा नेपालले माल्दिभ्सलाई ३–० काे सेटमा पराजित गरेकाे हाे।

नेपालले पहिलाे सेटमा २५–११ ले सहजै आफ्नाे पक्षमा पार्न सफल भयाे। दाेस्राे सेटमा नेपाल २५–३ ले विजयी भयाे। तेस्राे सेटमा नेपाल २५–५ ले विजयी हुँदै फाइनल यात्रा तय गरेकाे हाे।

नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा पुगेकाे हाे भने माल्दिभ्स पूछारमा रहेर नेपालसँगकाे भेट पक्का गरेकाे हाे।

नेपालले अब भाेलि अर्थात् आइतबार किर्गिस्तानसँग उपािधका लागि खेल्नेछ।

 


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको