काठमाडाैँ। फिफा विश्वकप छनाेट अन्तर्गत युराेपेली छनाेटमा स्पेनले फराकिलाे जित हासिल गरेकाे छ। याे स्पेन पछिल्लाे ३० खेलमा अपराजित छ।
समूह ई काे खेलमा स्पेनले जर्जियालाई उसैकाे मैदानमा ४–० ले पराजित गरेकाे हाे। याे जितसँगै स्पेनले पाँच खेलमा पाँच जितसँगै १५ अंक जाेडेकाे छ। साेहि समूहमा १२ अंकसहित टर्की दाेस्राे स्थानमा छ।
पाहुना टाेली स्पेनकाे जितमा मिकेल ओयारजाबालले दुई, मार्टिन जुबिमेन्डी र फेरन टाेरेस एक गाेल गरे। पहिलाे हाफमा ३–० काे अग्रता बनाएकाे स्पेनले दाेस्राे हाफमा थप एक गाेल गर्न सफल भयाे।


