नेभेस र ब्रुनोको ह्याट्रिकमा पोर्चुगल विश्वकपमा

काठमाडाैँ। पाेर्चुगल फिफा विश्वकप २०२६ मा छनाेट भएकाे छ। युराेपेनी छनाेट अन्तर्गतकाे खेलमा पाेर्चुगलले फराकिलाे जित हासिल गरेकाे हाे।

पाेर्चुगलकाे घरेलु मैदान इस्टेडियो डो ड्रागाओ आइतबार राति सम्पन्न खेलमा पाेर्चुगलले आर्मेनियालाई ९–१ ले पराजित गर्दै विश्वकपकाे यात्रा तय गरेकाे हाे।

पाेर्चुगलकाे जितमा जाआओ नेभेस र बुर्नाे फर्नान्डेसले ह्याट्रिक पूरा गरे। यस्तै, रेनाटाे भियगा, गाेन्जालाे रामाेस र फ्रन्सिस्काे काेन्सिसाओले समान एक गाेल गरे।

यस खेलमा पोर्चुगलका कप्तान तथा स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो भने अनुपस्थित थिए। आयरल्यान्डविरुद्धको अघिल्लो खेलमा रातो कार्ड पाएका कारण उनी यस खेलमा खेल्न प्रतिबन्धित भएका थिए।

जितसँगै ६ खेलबाट १३ अंक जाेडेकाे पाेर्चुगल समूह एफकाे शीर्ष स्थानमा रहँदै विश्वकपमा छनाेट भएकाे हाे।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको