फिफा वरीयतामा नेपाल १८२औं स्थानमा


काठमाडौं। विश्व फुटबलकाे सर्वाेच निकाय फिफाको नयाँ वरीयता सार्वजनिक छ। याेसँगै दक्षिण एसियाली फुटबलमा ठूलो उतारचढाव देखिएको छ।

बुधबार सार्वजनिक वरीयतामा बंगलादेशले सुधार गरेकाे छ भने नेपाललाई गम्भीर धक्का पुगेको छ। नयाँ वरीयताअनुसार बंगलादेश ३ स्थान उक्लिँदै १८०औं स्थानमा पुगेको छ। यससँगै उसले साफ क्षेत्रको तेस्रो स्थानमा रहेको नेपाललाई पछाडि पारेको छ।

यही उछालले बंगलादेश अहिले भारत र माल्दिभ्सपछि क्षेत्रको तेस्रो उच्च वरीयता राष्ट्र बनेको छ। नेपाल भने निराशाजनक प्रदर्शनसहित २ स्थान झर्दै १८२औं स्थानमा पुगेको छ।

६.८८ अंक गुमाएर प्राप्त गरेको यो स्थान नेपालका लागि पछिल्लो ९ वर्षकै सबैभन्दा न्यून वरीयता भएकाले चिन्ताजनक मानिएको छ। नेपालभन्दा अघि रहेको बंगलादेशले १७ अंकभन्दा बढी जोडेको छ। भारत ६ स्थान झर्दै १४२औं स्थानमा पुगेको छ। माल्दिभ्स अघिल्लो स्थानमै रहे पनि अंकमा कमी आएको छ।

भुटान ३, श्रीलङ्का र पाकिस्तान भने एक–एक स्थान तल झरेका छन्। साफ क्षेत्रका सातै टोलीको प्रदर्शन हेर्दा बंगलादेश मात्र अंक र स्थान दुवैमा सुधार ल्याउन सफल भएको देखिन्छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको