पोर्चुगलले जित्यो विश्वकपको उपाधि


काठमाडौँ। पोर्चुगलले फिफा यु-१७ विश्वकप फुटबलको उपाधि जितेको छ।

कतारको अल रेयानस्थित खलिफा अन्तर्राष्ट्रिय रंगशालामा बिहिवार राति सम्पन्न फाइनलमा अस्ट्रियालाई १-० ले पराजित गर्दै पोर्चुगलले पहिलो पटक यु-१७ विश्वकपको उपाधि जितेको हो।

पोर्चुगलको जितमा खेलको ३२औं मिनेटमा एनिसियो काब्रालले गरेको गोलनै खेलको निर्णायक बन्यो।

बिनो मकाइसको प्रशिक्षणमा रहेको पोर्चुगल यु-१७ टोलीले पहिलो पटक युवा प्रतियोगिता जितेपछि यु-१७ पोर्चुगिज फुटबलमा नयाँ इतिहास बनाएको छ।

पोर्चुगलले सेमिफाइनलमा ब्राजिलमाथि पेनाल्टी सुटआउटमा जित हासिल गरेर फाइनलमा पुगेको थियो भने अस्ट्रियाले इटालीलाई २-० ले हराएर फाइनल पुगेको थियो ।

पोर्चुगलले पहिलो पटक यु-१७ विश्वकप जितेको हो। फिफा यू(१७ विश्वकपको उपाधि सबै भन्दा बढी नाइजेरियाले ५ पटक जितेको छ भने ब्राजिलले ४ पटक, घाना र मेक्सिकोले २(२ पटक यो उपाधि जितेका छन्। त्यस्तै जर्मनी, फ्रान्स, सोभियत युनियन, साउदी अरेबिया, स्वीट्जरल्याण्ड र इङल्याण्डले एक एक पटक यो उपाधि जितेका छन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको