महालक्ष्मी तेस्रो वडा कपमा शैलेन्द्र च्याम्पियन


काठमाडौं। महालक्ष्मी नगरपालिका वडा नं ९ को आयोजनामा भएको तेस्रो वडा अध्यक्ष कप चेस प्रतियोगितामा शैलेन्द्र न्यौपानेले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरेका छन्।

नेपालका राष्ट्रिय खेलाडी सहित २०० तथा भारतका १३ खेलाडीविच भएको प्रतिस्पर्धामा न्यौपानेले ८ अंकका साथ स्वर्ण जित्दै २५ हजार रुपैंया हात पारे।
त्यस्तै रिशोन थापा र मुहान नरसिङ श्रेष्ठ ७.५ अंकका साथ क्रमशः दोश्रो र तेश्रो स्थानमा रहे। शीर्ष ६ मा धेरै खेलाडीले थोरै अंकको भिन्नतामा प्रतिस्पर्धा देखाए, जसले प्रतियोगितालाई रोमाञ्चक बनाएको थियो।

एफ एम क्षितिज भण्डारी, कविन्द्र शिवाकोटी, बद्रिलाल नेपाली समान ७.५ अंकका साथ चौथो, पाचौ, छैठौं स्थानमा रहे भने हेटौंडाका सिएम कृष्ण थापा, मिशन थापा, महालक्ष्मी नगरपालिकाका सुरोज महर्जन, सिएम नविन तण्डुकार सातौ देखी दशौ स्थान प्राप्त गर्न सफल भएका थिए।

प्रतियोगितामा ३२ जना विविध विधामा पुरस्कृत गरिएको थियो। सो प्रतियोगिता प्रमुख निर्णायक फिडे आर्विटर हरि कृष्ण श्रेष्ठको रोहवरमा भएको थियो। २ दिन सम्म चलेको प्रतियोगिताका विजेताहरुलाई महालक्ष्मी नगरपालिकाका वडा ९ वडा अध्यक्ष जयकृष्ण बोगटी लगायतले पुरस्कार वितरण गरेका थिए।

वडा सदस्य शशिधर पोखरेलले सञ्चालन गर्नुभएको कार्यक्रममा कार्यपालिका सदस्य सरिता पोखरेल स्वागत मन्तब्य राख्नुभएको थियो भने कार्यक्रममा नगर बुद्धिचाल संघका अध्यक्ष महेन्द्र देव सिंह, ललितपुर जिल्ला बुद्धिचाल सघका अध्यक्ष विक्रम श्रेष्ठ, एशियाली खेलकुद पत्रकार महासघका कोषाध्यक्ष निरन्जन राजवशी, कार्यपालिका सदस्य कुमार वयलकाटी, वडा सदस्यहरु राम केशर थापा, बेली सुर्खेती कानूनी सल्लाहकार, राजनितीक दलका प्रतिनिधी, सहकारी तथा विभिन्न संघ संस्थाका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको