युवा क्रिकेटर मिनास थापाको सवारी दुर्घटनामा परी निधन


काठमाडाैँ। कोशी प्रदेशका युवा क्रिकेटर मिनास थापाको सवारी दुर्घटनामा परी निधन भएको छ।

बुधबार राति विराटनगरको एयरपोर्ट मोडमा उनले चलाएको मोटरसाइकल अनियन्त्रित भई पोलमा ठोक्किँदा थापा गम्भीर घाइते भएका थिए। दुर्घटनालगत्तै स्थानीयवासीले तत्काल उद्धार गरी अस्पताल पुर्‍याए पनि उपचारका क्रममा उनको ज्यान गएको अस्पतालले जनाएको छ।

हाल थापाको शव पोस्टमार्टमका लागि कोशी अस्पताल विराटनगरमा राखिएको छ।

कोशी प्रदेश क्रिकेट टोलीका सदस्य रहेका थापाले प्रधानमन्त्री कप एकदिवसी प्रतियोगितासहित विभिन्न राष्ट्रिय प्रतियोगितामा प्रदेशको प्रतिनिधित्व गरेका थिए। उदाउँदो प्रतिभाका रूपमा हेरिएका उनी परिवारका एक्ला छोरा थिए।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको