काठमाडौं। नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फको साविक विजेता हेल्प नेपाल स्पोर्ट्स क्लब फाइनलमा प्रवेश गरेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्डहलमा शुक्रबार सम्पन्न पुरुषतर्फको पहिलो सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा हराउँदै उपाधि नजिक पुगेको हो।
हेल्प नेपालले पहिलो सेट २५–२१, दोस्रो सेट २५–२३ तथा तेस्रो सेटमा पुलिस २५–२२ को स्कोरमा पारजित भयो। पुलिसले हरेक सेटमा कडा टक्कर दिए पनि जित हासिल गर्न सकेन।
योसँगै हेल्प नेपालले शबिार हुने फाइनलमा रुकुम पश्चिम र आर्मीबीचको विजेतासँग खेल्नेछ।


