अल–नासरल काद्सियासँग पराजित, सिजनको लगातार दोस्रो पराजय


काठमाडौं। अल–नासर साउदी प्रो लिगमा अल–काद्सियासँग २–१ ले पराजित भएको छ। यो हार अल–नासरको जारी सिजनको लगातार दोस्रो हार हो।

खेलमा अल–काद्सियाका जुलियन क्विन्योनेसले ५१औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। त्यसपछि ६६औँ मिनेटमा नाहिटान नान्देजले अर्को गोल थपे। नासरको लागि कप्तान क्रिस्टियानो रोनाल्डोले ८१औँ मिनेटमा पेनाल्टीमार्फत गोल गरे पनि टोलीलाई हारबाट जोगाउन सकेनन्।

हारसँगै अल–नासर १३ खेलबाट ३१ अंकमा सीमित भएको छ। यसअघि अल–नासरले लगातार १० खेलमा जित निकाल्दै उत्कृष्ट लय बनाएको थियो। तर पछिल्ला तीन खेलमा लय गुमाउँदा टोली दबाबमा परेको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको