काठमाडौं। आयोजक केएमसी स्कुलले पाँचौं केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा आइतबार विजयी सुरुआत गरेको छ।
बुद्धनगरस्थित घरेलु कोर्टमा केएमसीले गोल्डेन फ्लावरलाई ३२–१८ ले पराजित ग¥यो। केएमसीकी आकृशा घिमिरेले २० अंक जोडिन्। सिनियर गल्र्समै चेल्सीले बाल दीक्षा सदनलाई ४३–२० र मानाङ्क चिल्ड्रेनलाई ३७–२० ले हराए। चेल्सीको जितमा बाल दीक्षा सदन विरुद्ध लाजेन शेर्पाले १८ मानाङ्क विरुद्ध परम्बा पन्तले १२ अंक योगदान गरे।
सिनियर ब्वाइजमा बाल दीक्षा सदनले आयोजक केएमसी ‘ए’ लाई ३६–१९ तथा माइलस्टोनले नेपाल सेन्ट्रललाई २७–२० ले पाखा लगाए। बाल दीक्षा सदनका सयल महर्जनले १९ तथा माइलस्टोनका विपिन ओलीले ११ अंक जोडे।
जुनियर ब्वाइजमा इडेन ब्रिज एकेडेमी ९इबीए० ले हिमालीलाई २७–१६, ग्रिनफिल्डले मानाङ्कलाई २०–१२, ग्रिन लन्सले ह्वाइटफिल्डलाई ३१–१६ र सनसाइनले नेपाल सेन्ट्रललाई २२–१० ले पाखा लगाए। इबीएका दिगविजय पुरीले ९, ग्रिनफिल्डका किस्मत ढकालले १०, ग्रिन लन्सका उज्ज्वल पोख्रेलले १४ र सनसाइनका माणिक भण्डारीले १७ स्कोर गरे।
प्रतियोगिताको पूर्व बास्केटबल खेलाडी माया स्याङ्तान, केएमसीका कार्यकारी निर्देशक डा. ध्रुव भट्टराई, निर्देशक एसोसिएट प्रोफेसर डा। मनोजकुमार थापा र प्रिन्सिपल द्वारिकानाथ अम्गाईंले एक कार्यक्रमबीच उद्घाटन गरे। माघ ३ गतेसम्म चल्ने प्रतियोगिताको सिनियर ब्वाइज र जुनियर ब्वाइजमा समान १२–१२ तथा सिनियर गल्र्समा ८ टिम गरी ३२ टिम सहभागी छन्।


