सेमिफाइनलमा पुलिस पराजित


काठमाडौं। काभा वुमन्स लिगको सेमिफाइनलमा पुलिस क्लब तुरान भलिबल क्लबसँग पराजित भएको छ।

माल्दिभ्सको मालेस्थित शोसियल सेन्टर इन्डोर हलमा सोमबार सम्पन्न खेलमा पुलिस ३–० को सोझो सेटमा पराजित भयो।

पहिलो सेट २५–१४, दोस्रो सेट २५–१३ र तेस्रो सेट २५–११ ले हार्दै पुलिस फाइनल प्रवेश गर्न असफल भएको हो। अन्तिम सेटमा पनि नेपाल झनै कमजोर देखियो।

यस हारसँगै पुलिस क्लब अब तेस्रो स्थानको लागि खेल्नेछ। अर्कोतर्फ, तुरान भलिबल क्लब सहज जीतसँगै फाइनलमा पुगेको छ। आज भएको सेमीफाइनलमा इरानका फुलाद क्लवले श्रीलंकाका हिर्दारामानी क्लवलाई सोझो सेटले हराउँदै फाइलन प्रवेश गरेको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको