काठमाडौं। कप्तान क्रिस्टियानो रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा प्रभावशाली जित दर्ता गरेको छ।
आइतबार बिहान आफ्नै मैदानमा भएको खेलमा अल नासरले अल–हाजेमलाई ४–० गोलअन्तरले पराजित गरेको हो। यस जितसँगै २२ खेलबाट ५५ अंक जोड्दै अल नासर तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। समान खेलबाट ५४ अंक रहेको हल हिलाल दोस्रो स्थानमा झरेको हो।
अल नासरको जितमा रोनाल्डोले दुई गोल गरे भने किङ्स कोम्यान र एनजेलोले समान एक–एक गोल थपे।
पहिलो हाफमा दुई गोल गरेको अल नासरले दोस्रो हाफमा पनि थप दुई गोल गर्दै प्रभावशाली जित सुनिश्चित गरेको थियो।


