आर्मीको जित


काठमाडौं। एन्फा राष्ट्रिय लिग अन्तर्गत बिहीबार सम्पन्न खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले जावलाखेल युवा क्लबमाथि महत्त्वपूर्ण जित दर्ता गरेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न दिनको अन्तिम खेलमा आर्मी २ ० ले विजयी भएको हो।

आर्मीको जितमा जिलेस्पीजंग कार्की नायक बने। उनले खेलको ४४औँ मिनेटमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। दोस्रो हाफको ८०औँ मिनेटमा पुनः गोल गर्दै कार्कीले व्यक्तिगत दोस्रो तथा टोलीका लागि निर्णायक गोल गरे।

दुवै गोलपछि जावलाखेल खेलमा फर्किन नसक्दा आर्मीले महत्वपूर्ण तीन अंक हात पार्न सफल भयो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको