अल नासरको पुनरागमन जित


काठमाडाैं। साउदी प्रो लिगअन्तर्गत सम्पन्न खेलमा अल नासरले अल फैहामाथि ३ १ काे रोमाञ्चक जित निकालेको छ। सुरुवातमा दबाबमा देखिएको अल नासरले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै महत्वपूर्ण तीन अंक सुरक्षित गर्‍यो। जितसँगै अल नासर २४ खेलबाट ६१ अंक जोड्दै लिगको शीर्ष स्थानमा उक्लिएको छ।

खेलको ११औँ मिनेटमा क्रिस्टियानो रोनाल्डोले पेनाल्टीको अवसर गुमाएका थिए। त्यसपछि पहिलो हाफको इन्जुरी समयमा अब्दुलेलाह अल-अम्रीबाट आत्मघाती गोल भएपछि अल फैहाले अग्रता लिएको थियो।

७२औँ मिनेटमा साडियो मानेले बराबरी गोल गरे। त्यसको आठ मिनेटपछि अल फैहाका गोलकिपर ओरलान्डो मोस्क्वेराबाट आत्मघाती गोल भएपछि अल नासरले २–१ को अग्रता बनायो। ८५औँ मिनेटमा अब्दुल्लाह अल-हमदानले गोल थप्दै जित सुनिश्चित गरे।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको