आर्सनलसँग चेल्सीको हार


काठमाडौं। लण्डन डर्बी अन्तर्गत सम्पन्न खेलको आर्सनलले चेल्सीलाई २-१ ले पराजित गरेको छ।

खेलको २१औँ मिनेटमा विलियम सालिबाको हेडमार्फत आर्सनलले अग्रता लिएको थियो। कर्नरबाट आएको बललाई गाब्रिएल मगलहाएसले हेड गर्दै मिलाएको पासलाई सालिबाले जाली चुमाएका हुन्।

पहिलो हाफको इन्जुरी समयमा पिएरो हिन्कापिएबाट आत्मघाती गोल भएपछि खेल १–१ को बराबरीमा पुगेको थियो।

६६औँ मिनेटमा डेक्लान राइसको कर्नर क्रसमा जुरियन टिम्बरले नजिकबाट हेड गोल गर्दै आर्सनललाई पुनः २–१ को अग्रता दिलाए। ७०औँ मिनेटमा पेड्रो नेटो दोहोरो पहेँलो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि चेलसी १० खेलाडीमा सीमित भयो।

यस जितसँगै आर्सनलले २९ खेलबाट ६४ अंक जोडेको छ भने चेलसी पुनः अंक गुमाउन बाध्य भएको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको