काठमाडाैं। साताैं संस्करणको ‘इन्टरटेनमेन्ट टेबल टेनिस प्रतियोगिता’को उपाधि महेश श्रेष्ठ, दिक्षा दाहाल र रिनोज ठकुरीको समूहले जितेको छ।
‘इन्टरटेनमेन्ट टेबल टेलिस टूर्नामेन्ट’ (ईटीटी)को आयोजनामा ललितपुरको नख्खुमा रहेको बुल्स हेल्थ क्लबमा भएको प्रतियोगितामा रवि धकख्वा, एलेन महर्जन र विपुल महर्जनको समूह उपविजेता बनेको छ।
यस्तै राकेश महर्जन, स्ववेच्छा नेम्बाङ र प्रमेश कार्कीको समूह तेश्रो भएको ईटीटीका अध्यक्ष एवम् अखिल नेपाल टेबल टेनिस संघका उपाध्यक्ष सुमन खड्गीले जानकारी दिए।
प्रतियोगिताका विजेता टोलीलाई विदेश भ्रमण र दोश्रो हुने टोलीलाई पोखरा भ्रमण हुनेछ भने तेश्रो हुने टोलीलाई मोबाइल दिइएको छ। ‘टेबल टेनिस राष्ट्रको लागि स्वास्थ्यको लागि’ भन्ने नारासहित भएको प्रतियोगितामा महिला र पुरुष गरी ९६ जना खेलाडीहरुको सहभागिता रहेको आयोजकका सुनिल शाक्यले बताए।


