सिमान्तलाई दोहोरो स्वर्ण


काठमाडाैं। नेपाली भेट्रान टेनिस खेलाडी सिमान्त गुरुङले एनसीटीसी–आईसीएस युनिटी गेम्समा दोहोरो स्वर्ण जितेका छन्। अस्ट्रेलियाको मेलबर्नमा भएको प्रतियोगितामा सिमान्तले भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्स र डबल्समा स्वर्ण जितेका हुन्।

नेपाली कम्युनिटी टेनिस क्लब (एनसीटीसी) द्वारा आयोजित प्रतियोगिताको सिंगल्समा सिमान्तले अनुप गुरुङलाई पराजित गरे। डबल्समा सिमान्तले अशोक गुरुङसंग मिलेर अनुप गुरुङ र कुमार खत्रीको जोडीलाई हराए। इन्टरमिडिएट सिंगल्समा दीपेश घिमिरेले भीष्म गौतमलाई पाखा लगाउदै विजेता बने।

विजेतालाई एनसीटीसीका अध्यक्ष केशव खत्रीलगायतले एक कार्यक्रमबीच पुरस्कार वितरण गरे। अध्यक्ष खत्रीले नेपाली टेनिस समुदायलाई जोड्ने लक्ष्यका साथ प्रतियोगिताको सुरुआत गरिएको बताए।

आयोजक क्लबका सचिव भीष्म गौतमले भविष्यमा अझ ठूला कार्यक्रमहरू आयोजना गर्ने लक्ष्य रहेको बताउदै प्रतियोगिताले नेपाली खेलकुद समुदायमा एकता र उत्कृष्टताको नयाँ सन्देश दिने विश्वास व्यक्त गरे।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको