काठमाडौं। म्यानचेस्टर युनाइटेडविरुद्ध लिड्स युनाइटेडले २–१ को महत्वपूर्ण जित निकालेको छ।
खेलको सुरुवातदेखि नै आक्रामक देखिएको लिड्सले पहिलो हाफमै दुई गोल गर्दै जितको आधार तयार गरेको थियो। खेलको पाँचाैं मिनेटमा नोआ ओकाफोरले गोल गर्दै लिड्सलाई अग्रता दिलाए। त्यसपछि २९औं मिनेटमा पुनः गोल गर्दै टोलीलाई २–० को अवस्थामा पुर्याए।
पहिलो हाफमा दबाबमा परेको म्यानचेस्टर युनाइटेडले दोस्रो हाफमा सुधारिएको खेल देखायो। ६९औं मिनेटमा कासेमिरोले ब्रुनो फर्नान्डेसको उत्कृष्ट क्रसमा हेडमार्फत गोल गर्दै अन्तर घटाए।
तर ५६औं मिनेटमा लिसान्द्रो मार्टिनेजले खतरनाक फाउल गरेपछि भारमार्फत रातो कार्ड पाउँदै मैदान छाडेपछि युनाइटेड १० खेलाडीमा सीमित भयो। त्यसपछि टोलीलाई खेलमा फर्किन झन् कठिन बन्यो।
यस जितसँगै लिड्स युनाइटेडले महत्वपूर्ण तीन अंक जोड्दै ३२ खेलबाट ३६ अंक पूर्याएकाे छ। युनाइटेड भने ३२ खेलबाट ५५ अंकसहित तेस्राे स्थनामा यथावत् छ।


