बागमतीलाई हराउँदै लुम्बिनी जय ट्रफीमा छनोट


काठमाडौं। प्रधानमन्ती कप एकदिवसीय राष्ट्रटिय क्रिकेटमा लुम्बिनी प्रदेशले बागमती प्रदेशलाई ३४ रनले हराउँदै जय ट्रफी एलिट कपमा छनोट भएको छ।

लुम्बिनीले दिएको २३४ रनको लक्ष्य पछ्याएको बागमती ४४ ओभरमा १९९ रनमै समेटिएपछि लुम्बिनी विजयी भयो।

पहिले ब्याटिङ गरेको लुम्बिनीले ४५।२ ओभरमा २३३ रन बनाएको थियो। लुम्बिनीका लागि आकाश त्रिपाठीले ७२ रनको उत्कृष्ट इनिङ्स खेले भने प्रज्ज्वल थापाले ४६ र देव खनालले ३७ रन जोडे। सन्तोष यादवले २५ रन योगदान दिए।

बलिङतर्फ बागमतीका विवेक मगर र सन्दीप लामिछानेले समान ३–३ विकेट लिए भने रिजान ढकालले २ विकेट लिए।

जवाफमा बागमतीको सुरुआत कमजोर रह्यो। टोलीका विवेक मगरले सर्वाधिक ४५ रन बनाए पनि अन्य ब्याटर टिक्न सकेनन्। कप्तान सन्दीप लामिछानेले ३२ रन जोडे भने उत्तम मगरले २३ रन बनाए।

लुम्बिनीका लागि निर्मल गुरुङ नायक बने। उनले घातक बलिङ गर्दै ५ विकेट लिए। विप्रसन केसी र दिनेश बोहराले २–२ विकेट लिए भने अजय चौहानले १ विकेट हात पारे।

यो हारसँगै बागमीले यस सिजनको पीएम कप आठौं स्थानमा रहेर अन्त्य गरेको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको