रियललाई हराउँदै बायर्न सेमिफाइनलमा


काठमाडौं। यूईएफए च्याम्पियन्स लिगअन्तर्गत क्वार्टरफाइनलमा रियल मड्रिडलाई समग्रमा ६–४ ले पराजित गर्दै बायर्न म्युनिकले सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।

मंगलबार राति बायर्नको घरेलु मैदानमा सम्पन्न दोस्रो लेगमा बायर्नले ४–३ को रोमाञ्चक जित निकाल्दै खेल आफ्नो पक्षमा पारेको हो।

रियलका अर्दा गुलरले पहिलो मिनेटमै गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। त्यसको केही समयमै बायर्नका अलेक्जान्डर पाभ्लोभिचले बराबरी गोल फर्काए।

२९औं मिनेटमा फेरि गुलरले फ्री–किकमार्फत उत्कृष्ट गोल गर्दै रियललाई २–१ को अग्रता दिलाए। पहिलो हाफको अन्त्यतिर किलियन एम्बाप्पेले भिनिसियस जुनियरको पासमा गोल गर्दै रियलको अग्रता ३–२ बनाए।

३८औं मिनेटमा ह्यारी केनले गोल गर्दै खेल २–२ को बराबरीमा ल्याएका थिए भने दोस्रो हाफमा लुइस डियाजले ८९औं मिनेटमा शानदार गोल गर्दै खेल ३–३ मा पुर्‍याए।

इन्जुरी समयमा माइकल ओलिसेले तीव्र काउन्टर अट्याकमा ह्यारी केनको पासमा निर्णायक गोल गर्दै बायर्नलाई ४–३ को जित दिलाए।

खेलको अन्त्यतिर रियलका अर्दा गुलरले रातो कार्ड पाउँदा टोली १० खेलाडीमा सीमित भएको थियो भने एडुआर्डो कामाभिङ्गाले दोस्रो पहेँलो कार्ड पाएर मैदान छाडे।

यस जितसँगै बायर्न म्युनिकले समग्रमा ६–४ को जित निकाल्दै सेमिफाइनल यात्रा तय गर्दा रियल म्याड्रिड प्रतियोगिताबाट बाहिरिएको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको