काठमाडाैं। १६औं संस्करणको अन्तरार्ष्टिय आमन्त्रण अन्तिम क्वाटरफाइनल खेलमा प्लानिङ ब्वाइज युनाइटेड बिजयी भएको छ।
बिहिबार राती सम्पन्न अन्तिम क्वाटर फाइनल खेलमा युनाइटेड खर्साङ फुटबल क्लब युकेएफसीलाई ३–१ गेल अन्तरले पारजित गर्दै प्लानिङ ब्वाइज अन्तिम चारमा प्रवेश गरेको हो।
बुढासुब्बा गोल्डकप च्याम्पियन प्लानिङ ब्वाइजको जितमा कप्तान फागुराम थारुले २ तथा धिरेन्द्र शाहले १ गोल गरे। खेलको पाँचौ मिनेटमा फागुरामले पेनाल्टी मार्फत गोल गरेर टिमलाई सुरुवाती अग्रता दिलाएका थिए।
युकेएफसीका दिवश रोयले धिरेन्द्रलाई डि–एरियामा फउल गरेपछि रेफ्री उमेश बिडारीले प्लानिङ ब्वाइजलाई पेनाल्टी प्रहार गर्ने अवशर दिएका थिए। उक्त अवशरलाई फागुरामले सहजै गोलमा परिणत गरे।
२३औं मिनेटमा फागुरामले दोस्रो गोल गरे। उनले बिपक्षी गोलकिपरलाई बिट गर्दै सहजै गोल गरेका थिए। २७ औ मिनेटमा डिफेण्डरको कमजोरीको फाइदा उठाउदै धिरेन्द्रले गोल परेपछी पहिलो हाफमै टिमले ३–० को अग्रता लिएको थियो।
खेलको ५९औं मिनेटमा युकेएफसीका निवास राणाले १ गोल फर्काए पनि त्यो जीतका लागि पर्याप्त हुन सकेन। फागुराम खेलको प्लेयर अफद म्याच घोषित हुदै नगद १० हजार हात पार्न सफल भए।
शुक्रबारको पहिलो सेमिफाइनल खेलमा युवा समाज र साबिक बिजेता मछिन्द्र फुटबल क्लबबिच खेल हुनेछ। फाइनल खेल बैशाख ७ गते हुनेछ। फाइनल बिजेताले नगद १० लाख र उपबिजेताले ५ लाख रुपैया पुरस्कार पाउनेछ।


