काठमाडाैं। सहारा क्लब पोखराले पोखरा स्पोर्ट्स अवार्डलाई प्रदान गर्दै आएको सहयोगलाई १०औं संस्करणमा समेत निरन्तरता दिने भएको छ।
पोखरा स्पोर्ट्स अवार्डको उदीयमान खेलाडी विद्याको अवार्डको पुरस्कार राशीमा गर्दै आएको सहयोगलाई निरन्तरता दिने भएको हो।
नेपाल खेलकुद पत्रकार मञ्चगण्डकीको आयोजना र रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा आगामी बैशाख १८ गते पोखराको ईभेन्ट सेन्टरमा अवार्ड हुँदै छ। शुक्रबार सहारा क्लबका अध्यक्ष केशब बहादुर थापार नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्थाबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हाे। सो अवसरमा वोल्दै सहारा क्लबका अध्यक्ष केशब बहादुर थापाले पोखरा स्पोर्ट्स अवार्डमा प्रदान गर्दै आइरहेको उदीयमान खेलाडी विद्यालाई प्रदान गरिने पुरस्कार १०औं संस्करणमा समेत निरन्तरता दिने बताए।
नेपाल खेलकुद पत्रकार मञ्चले खेलाडीहरुको प्रोत्साहनका लागि आयोजना गर्न लागेको अवार्ड कार्यक्रममा सुरुवाती चरण देखिनै सहाराक्लबले सहकार्य गर्दै आइरहेको र आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिने प्रतिवद्धताब्यक्त गरे। नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्थाले सहारा क्लब आफैमा पोखरेली फुटवलको इतिहाँसको साछी भएकाले पोखरा स्पोर्टस अवार्ड संगा जोडिएर कामगर्न पाउँदा खुसी लागेको बताए।
आगामी वैशाख १८ गते पोखरा इभेन्ट सेन्टरमा आयोजना हुने अवार्डमा विभिन्न आठ विधामा अवार्डप्रदान गरिदै छ। जसमा लाइफटाईम एचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्षउत्कृष्ट खेलाडी पुरुष, वर्ष उत्कृष्ट महिला, वर्ष उदियमान खेलाडी, वर्ष उत्कृष्ट खेलसंघ संस्था, पिपुल्स च्वाइस अवार्ड र वर्ष उत्कृष्ट खेल पत्रकार रहेका छन्।
पोखरा स्पोर्ट्स अवार्डमा पिपुुल्स च्वाइस अवार्डका लागि गुरुङ गहना घर प्रालिले स्कुटर प्रायोजन गरेको छ। अवार्डका लागि गण्डकी प्रदेश सरकार,प्रदेशखेलकुद परिषद् गण्डकी, पोखरा महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद काठमाडाैं,केल्मी नेपाल, नेपाल खेलकुद पत्रकार मञ्च काठमाडाैं, होटल क्राउन प्लाजा काठमाडाैं, फोर स्टार डिलक्स हेरिटेज टेम्पल बेल बुटिक होटल एण्ड स्पा पोखरा लेकसाईड, जिल्ला खेलकुदबिकास समिति कास्की, बुल्स मेन क्लबका संस्थापक इश्वर गुरुङ (हङकङ), रुपा गाउँपालिका,मादी गाउँपालिका, अन्नपूर्ण गाउँपालिका र माछापुच्छ्रे गाउँपालिकाको विशेषसहयोग रहेको छ।
त्यसैगरी सहयोगीहरुमा सहारा क्लब, टाइगर ग्रुप अफ पोखरा, तमु धिँयुके, मञ्चका पूर्व अध्यक्ष प्रेम नारायण न्यौपाने, पत्रकार महासंघ जापानकापूर्व अध्यक्ष तथा मञ्चका पूर्व अध्यक्ष मोहन घले, विनोद गुरुङ, जापानबाट युवराज गुरुङ, निशानरानामगर, रमेश कुमार गुरुङ, पूर्व राष्ट्रिय खेलाडी बसन्त गौचन, किरण थापा (अष्ट्रेलिया) र राइनो हस्पिटालिटी एण्ड होटल म्यानेजमेन्ट प्रालि (राइनो क्याफे एण्डशवार्मा स्टेशन), शिद्धार्थ पाण्डे कम्प्युटर सेन्टर न्युरोड, पोखरा रहेका छन्।


