चेल्सीमाथि युनाइटेडको जित


काठमाडौं। इंग्लिस प्रिमियर लिगअन्तर्गत म्यानचेस्टर युनाइटेडले चेल्सीलाई पराजित गरेको छ।

शनिबार राति सम्पन्न खेलमा घरेलु टोली चेल्सीमाथि युनाइटेड १–० ले विजयी भएको हो।

युनाइटेडको जितमा म्याथियस कुन्हाले गरेको एकमात्र गोल नै खेलको निर्णायक बन्यो। ब्रुनो फर्नान्डेसको क्रसमा उनले ४३औँ मिनेटमा बक्सभित्रबाट उत्कृष्ट प्रहार गर्दै गोल गरे।

यस जितसँगै म्यानचेस्टर युनाइटेड ३३ खेलबाट ५८ अंकसहित तेस्रो स्थानमा पुगेको छ। समान खेलबाट चेल्सी ४८ अंकसहित पछि परेको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको