अन्तरकलेज फुटसल सुरु


काठमाडाैं। भिजन स्पोट्र्स एकेडेमीको आयोजनामा अन्तरकलेज छात्र फुटसल प्रतियोगिता सोमबारदेखि सुरु भएको छ।

प्रतियोगिताको श्रृजनशील स्पोट्र्स क्लबका अध्यक्ष सुदेवजंग पण्डित र भिजन स्पोर्ट्स एकेडेभीका अध्यक्ष वृजेश बोहराले संयुक्त रुपमा एक कार्यक्रमबीच उद्घाटन गरे।

प्रतियोगितामा १६ टिमको सहभागिता रहेको प्रतियोगिता संयोजक पूर्ण न्यौपानेले जनाएका छन्। टोखा नगरपालिका वडा ६ स्थित ग्रान्डी स्पोट्र्स एकेडेमीमा खेल भइरहेको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको