एम्बाप्पे र भिनिसियसको गोलमा रियल विजयी


काठमाडाैं। स्पेनिस ला लिगाअन्तर्गत रियल मड्रिडले अलाभेस लाई २–१ ले पराजित गरेको छ। यस जितसँगै रियल मड्रिडले उपाधि दौडलाई अझै रोमाञ्चक बनाएको छ।

३२ खेलबाट ७३ अंक जोड्दै रियल दोस्रो स्थानमा यथावत् रहेको छ। शीर्ष स्थानमा रहेको बार्सिलोनाले एक खेल कम खेल्दै ७९ अंक बनाएको छ, जसले उपाधि होडलाई अझै प्रतिस्पर्धात्मक बनाएको छ।

खेलको ३०औं मिनेटमा किलियन एमबाप्पेले शानदार गोल गर्दै रियललाई अग्रता दिलाए। पहिलो हाफ १–० ले अघि रहेको रियलले दोस्रो हाफको ५०औं मिनेटमा भिनिसियस जुनियरको गोलमार्फत अग्रता दोब्बर बनायो।

अन्तिम समयमा अलाभेसले दबाब बढाउने क्रममा इन्जुरी सयमकाे तेस्राे मिनेटमा टोनी मार्टिनेजले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए पनि बराबरी गर्न सकेन। अलाभेसका लागि आन्दर ग्वेभारा ले उक्त गोलमा सहयोग गरेका थिए।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको