साफ महिला च्याम्पियनसिपमा नेपाललाई सहज समूह


काठमाडौं। नेपाल दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिप २०२६ मा सहज समूहमा परेको छ।

भारतको गोवामा मे २५ देखि जुन ६ सम्म सञ्चालन हुने प्रतियोगिताका लागि बुधबार बंगलादेशको ढाकामा सम्पन्न समूह विभाजनअनुसार नेपाल रहेको समूह ‘ए’ मा श्रीलंका र भुटान छन्। तुलनात्मक रूपमा यो समूह नेपालका लागि सहज मानिएको छ।

यता साविक विजेता बंगलादेश आयोजक भारतसँगै समूह ‘बी’ मा परेका छन्। यो समूहमा माल्दिभ्स पनि रहेकाले खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ।

यसअघि काठमाडौंमा सम्पन्न २०२२ को फाइनलमा नेपाल ३ १ ले पराजित हुँदै उपविजेतामा सीमित बनेको थियो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको