काठमाडाैं। प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल लिगकाे १०औं संकरणमा विगाभीय टाेली नेपाल पुलिस क्लब, रुकुम पश्चिम भलिबल क्लब र त्रिभुवन आर्मी क्लबले विजयी हासिल गरेका छन्।
त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद्काे कभर्डहलमा शक्रबार सम्पन्न पुरुषतर्फकाे पहिलाे खेलमा पुलिसले काेशी प्रदेशविरुद्ध ३–१ काे सेटमा जित निकालेकाे हाे।
पहिलाे सेट २५–२३ ले जित हासिल गरेकाे पुलिसले दाेस्राे सेट २२–२५ ले गुमाउँदा तेस्राे सेटमा २५–२० र २५ २२ ले आफ्नाे पक्षमा पार्दै विजयी सुरुआत गरेकाे हाे।
दाेस्राे खेलमा एपीएफलाई रुकुम पश्चिमले ३–० काे साेझाे सेटमा हराउँदै विजयी सुरुआत गर्याे। पहिलाे सेट २५–१४, दाेस्राे सेट २५–२१ तथा तेस्राे सेटमा २५–१५ ले सहज जित हासिल गर्दै तीन अंक जाेड्न सफल भयाे।
यस्तै, दिनकाे अन्तिम खेलमा आर्मीले बुढानिलकण्ठ भलिबल क्लबलाई ३–१ काे सेटमा पराजित गर्याे। आर्मीकाे याे लगातार दाेस्राे जित हाे भने बुढानिलकण्ठकाे दाेस्राे हार हाे।
आर्मीले पहिलाे सेट २५–१९, दाेस्राे सेट २०–२५ ले गुमाएकाे आर्मीले त्यसपछिका दुई सेटमा २५–१४ र २५–१५ ले विजयी भयाे।
आर्मीले पहिलाे खेलमा खिल्जी युवा क्लबलाई ३–१ काे सेटमा पारजित गर्दा बुढानिलकण्ठ हेल्प नेपाल स्पाेर्ट्स क्लबसँग ३–० काे साेझाे सेटमा पराजित भयाे।


