काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत युएईविरुद्ध घरेलु टाेली नेपालले ब्याटिङमा मध्यम सुरुआत गरेको छ। शीर्षक्रमका ब्याटरले अपेक्षाअनुसार प्रदर्शन गर्न नसक्दा नेपाल दबाबमा परेको हो।
याे समाचार तयार पार्दा सम्म नेपालले ३१ ओभरकाे समाप्तिमा ६ विकेट गुमाएर १२४ रन बनाएकाे छ।
ओपनर कुशल भुर्तेलले २५ बलमा ४ चौकासहित २४ रन बनाए। आसिफ शेख ६ बलमा ७ रन जोडेर आउट हुँदा भिम सार्की १६ बलमा १० रन बनाउँदै पेभेलियन फर्किए। कप्तान रोहित पौडेल २ रनमै आउट भएपछि नेपाल सुरुमै दबाबमा परेको थियो।
मध्यक्रममा बसिर अहमदले ४० बलमा २० रन जोडे भने दीपेन्द्रसिंह ऐरीले संयमित ब्याटिङ गर्दै अविजित ३८ रन बनाएका छन्। उनले ४ चौका र १ छक्का प्रहार गरे। आरिफ शेख ३१ बलमा १५ रन बनाएर आउट भए।
युएईका बलरमध्ये अजय कुमार र खुजैमा तनवीरले समान २–२ विकेट लिएर नेपाललाई दबाबमा राखे। हैदर अली र जुनैद सिद्दिकीले १–१ विकेट लिए।
नेपालका लागि दीपेन्द्रसिंह ऐरी क्रिजमा टिकिरहेकाले प्रतिस्पर्धात्मक योगफलतर्फ टोली अग्रसर देखिएको छ।