काठमाडौं। प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल लिगको १०औं संस्करणमा न्यू डायमण्ड युथ स्पोर्ट्स क्लबले लगातार दोस्रो जित दर्ता गरेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा शनिबार सम्पन्न महिलातर्फको दोस्रो खेलमा न्यू डायमण्डले एभरेस्ट भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्यो।
न्यू डायमण्डले २८–२६, २६–२४ र २५–१४ को जित निकाल्दै प्रतियोगितामा लगातार दोस्रो सफलता हात पारेको हो।
यसअघि पहिलो खेलमा न्यू डायमण्डले सुदूरपश्चिम प्रदेशलाई पनि ३–० कै सोझो सेटमा हराएको थियो।
यता, एभरेस्टको भने यो दोस्रो हार हो। एभरेस्ट पहिलो खेलमा नेपाल पुलिस क्लबसँग ३–० ले पराजित भएको थियो भने दोस्रो खेलमा एपीएफ क्लबलाई ३–१ को सेटमा हराएको थियो।