काठमाडौँ। आईसीसी मेन्स क्रिकेट विश्वकप लिग–२ अन्तर्गत कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा यूएईले ओमानसामु ३०९ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।
पहिले ब्याटिङ रोजेको यूएईले निर्धारित ४७ ओभरमा ८ विकेट गुमाउँदै ३०८ रन बनायो। यूएईका लागि आदिब उस्मानीले ७२ रन, हरप्रीत सिंहले ७७ रन तथा मोहम्मद शहदादले ७४ रनको योगदान दिए। आर्यांश शर्माले पनि ५० रनको अर्धशतकीय पारी खेले।
अन्तिम ५ ओभरमा मात्रै ७० रन जोड्दा ६ विकेट गुमाएको थियो।
बलिङतर्फ ओमानका मोहम्मद इमरानले ३ विकेट लिए भने नदीम खानले २ विकेट हात पारे। शकील अहमद र आर्यन बिष्टले समान १–१ विकेट लिए।


