केपिएलको सर्वोत्कृष्ट खेलाडीले स्कुटर पाउने

काठमाडौं। कोशी प्राइड लिग (केपिएल) तेस्रो संस्करणको प्रत्यक्ष प्रशारण एक्सन स्पोर्ट्सबाट हुने भएको छ।

सोमबार केपिएलका निर्देशक अफजल हुसेन र डिस मिडिया नेटवर्कका ‘ कन्टेन्ट हेड’ सञ्जय राजभण्डारीले सम्झौतापत्रमा हस्ताक्षर गरे।

कोशी प्राइड प्रा.लीले आयोजनामा जेठ ९ देखि हुने टी–२० प्रतियोगिताको ‘पावर्ड वाई’ एक्ट्रिम इनर्जी ड्रिक्स, ‘टु ह्विलर पार्टनर’ मा टिभिएस एन्टोर स्कुटी र ‘डिजिटल वालेट पार्टन’मा माई पे छन्।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई टिभिएसको एन्टोर स्कुटर प्रदान गरिने आयोजकले बताएको छ।

यसअघि प्रतियोगिता फागुन ९ देखि २१ सम्म हुने भनिएको थियो। तर, विभिन्न कारण प्रतियोगिता दुई पटक सरेको थियो। अब, भने प्रतियोगिता जेठ ९ देखि २३ गतेसम्म हुनेछ।

प्रतियोगितामा सात फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्नेछन्। सहभागी टिमले अक्सनबाट समान १२ खेलाडी अनुबन्ध गरिसकेका छन्। यस्तै, हरेक टिमले ड्राफबाट तीन देखि ६ खेलाडीसम्म अनुबन्ध गरेका छन्।

एभरेष्ट थन्डर्स, नुमना ब्लास्टर, इटहरी आदर्श जायन्ट्स, विर्तामोड हिट्स, पुर्वेली सुपर किंग्स, बिएन कोशी अनर्स, गोर्खा एभेन्जर्सले लिगमा प्रतिस्पर्धा गर्नेछन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको